Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरले १:१ अनुपातमा हकप्रद जारी गर्ने

अर्थ संसार

शुक्रबार, ०९ चैत्र २०८०, १४ : ३६ मा प्रकाशित

रिभर फल्स पावरले १:१ अनुपातमा हकप्रद जारी गर्ने

रिभर फल्स पावर लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । 

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगसँग स्वीकृति लिने र स्वीकृति प्राप्त भएपछि साधारणसभामा पेश गर्ने निर्णय गरेको जनाइएको छ । कम्पनीले बैंकको ऋण भुक्तानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले १०.३ मेगावाटको मेगावाटको पिलुवा खोला साना जलविद्युत योजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको