Like us!
Follow us!
Connect us!
Watch us!

एसईई बिहीबारदेखि, जापानमा पनि परीक्षाकेन्द्र

अर्थ संसार

आइतबार, ११ चैत्र २०८०, १४ : १९ मा प्रकाशित

एसईई बिहीबारदेखि, जापानमा पनि परीक्षाकेन्द्र

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार देखि शुरु हुँदैछ ।

परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामाग्री परीक्षाकेन्द्र पुर्याउने काम सम्पन्न भइसकेको बोर्डको भनाई छ । यसपटक सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख बढी परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । 

देशभरका २ हजार ६४ परीक्षा केन्द्रमा हुने परीक्षा सञ्चालनका लागि कुल ७७ हजार ५०५ जनशक्ति केन्द्रहरुमा खटिने जनाइएको छ । परीक्षामा यसपटक प्राविधिक विषयतर्फका १५ हजार ७४९ जना परीक्षार्थी सहभागी हुनेछन् भने देशबाहिर जापानमा पनि २३ विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् । परीक्षा २७ गते सम्पन्न हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको