Like us!
Follow us!
Connect us!
Watch us!

आउँदो असार मसान्तसम्म कर्जा भुक्तानी गर्नेलाई गणपति लघुवित्तले हर्जाना नलिने, ब्याजमा पनि छुट

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १५ : २६ मा प्रकाशित

आउँदो असार मसान्तसम्म कर्जा भुक्तानी गर्नेलाई गणपति लघुवित्तले हर्जाना नलिने, ब्याजमा पनि छुट

खराब कर्जाले सताइएका लघुवित्त संस्थाहरुले कर्जा असुली गर्न विभिन्न अफरहरु दिन थालेका छन् ।

यसैक्रममा गणपति लघुवित्त वित्तीय संस्थाले कर्जा लिई एक वर्ष भन्दा बढीले भाखा नाघेका सदस्यहरुले २०८१ साल असार मसान्तसम्म कर्जा भुक्तानी गरेमा हर्जानामा शतप्रतिशत छुट दिने व्यवस्था गरेको छ । यसैगरी ऋणीले तिर्नुपर्ने ब्याज रकममा समेत संस्थाले २०% छुट दिने भएको छ ।

पछिल्लो समय लघुवित्त संस्थाहरुको कर्जा असुलीमा समस्या आउँदा नाफामा उल्लेख्य ह्रास आएको छ भने कतिपय कम्पनीको त्रैमासिक रिपोर्ट घाटामासमेत आउन थालेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको