Like us!
Follow us!
Connect us!
Watch us!

डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीको सेयरको भाउ कारोबार शुरु भएको दिन नै ५० प्रतिशतले बढ्यो

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १९ : ५९ मा प्रकाशित

डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीको सेयरको भाउ कारोबार शुरु भएको दिन नै ५० प्रतिशतले बढ्यो

अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको सेयरको मूल्य कारोबार शुरु भएको पहिलो दिनमै करिब ५० प्रतिशतले वृद्धि भएको छ । 

ट्रुथ सोसियल नामक सामाजिक सञ्जालको माउ कम्पनी ट्रम्प मिडियालाई डिजिटल वर्ल्ड एक्विजिशन कर्पोरेसन नामक कम्पनीले एक्वाएर गरेको थियो । एक्वाएर पछि डिजिटल मिडियाको सेयर डिजेटी टिकर मार्फत नाज्डाकमा कारोबार भइरहेको छ । उक्त कम्पनीको सेयर हाल प्रति कित्ता ७३.५० डलरमा कारोबार भइरहेको छ ।

सेयरको भाउमा उच्च वृद्धि भए पनि आगामी दिनमा उक्त सेयरमा उच्च उतारचढाव हुने अपेक्षा गरिएको छ । आम्दानी निकै कम भएको उक्त कम्पनील्स अघिल्लो वर्षको पहिलो ९ महिनामा ४ करोड ९० लाख डलर भन्दा बढी घाटा बेहोरेको थियो ।

डिजेटीमा डोनाल्ड ट्रम्पको ६० प्रतिशत सेयर रहेको छ । तर ६ महिने लक अप नियमका कारण उनले आफ्नो हिस्सामो सेयर अहिले नै बेच्न भने पाउनेछैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको