Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा ४ सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, ११ : १३ मा प्रकाशित

तोलामा ४ सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा बढेको छ । आज सुनको मूल्य प्रतीतोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ।

मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार ५०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको