Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानको सेयर बजार नयाँ उचाईमा, केएसइ-१०० ६७ हजार विन्दु माथि

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १३ : ३५ मा प्रकाशित

पाकिस्तानको सेयर बजार नयाँ उचाईमा, केएसइ-१०० ६७ हजार विन्दु माथि

पाकिस्तानको सेयर बजार मापक केएसइ-१०० सूचक इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार इन्ट्राडेमा केएसइ-१०० परिसूचक ६७,२०० को विन्दुमा पुगेर अल टाइम हाई रेकर्ड कायम गरेको हो । यस अघि गत डिसेम्बर १३ मा उक्त परिसूचक ६७०९३ सम्म पुगेको थियो । पाकिस्तान र अन्तर्राष्ट्रिय मुद्रा कोषबीच स्टाफ तहमा सम्झौता भएसँगै सेयरबजारमा उच्च वृद्धि आएको हो ।

अब मुद्रा कोषको बोर्डले पारित गरेमा पहिलो चरणमा १.१ बिलियन डलरको स्टान्ड बाई एरेन्जमेन्ट फुकुवा हुनेछ । आइएमएफले पाकिस्तानलाई कुल ३ बिलियन डलरको आर्थिक सहायताको व्यवस्था गरिदिन लागेको हो ।

यसैगरी प्रधानमन्त्री सहवाज सरिद नेतृत्वको नयाँ सरकारले त्यहाँका घाटामा रहेका सरकारी संस्थालाई निजीकरण गर्ने नीति पनि अघि बढाएको छ । जसकारण विदेशी तथा स्थानीय संस्थाहरुले पनि सेयर खरिद गर्न थालेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको