Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टमा आज उच्च कारोबार, कायम रहला सर्किट यात्रा ?

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १६ : २० मा प्रकाशित

सर्वोत्तम सिमेन्टमा आज उच्च कारोबार, कायम रहला सर्किट यात्रा ?

बिहीबार लगातार सातौं सर्किट लाग्दा सर्वोत्तम सिमेन्टको सेयरमा उच्च सप्लाई देखिएको छ । प्रिमियमसहित ३६०.९ रुपैयाँमा जारी भएको उक्त कम्पनीको आइपिओको भाउ अहिले दोस्रो बजारमा दुई सय प्रतिशतले बढेर १०८३ पुगिसकेको छ ।

आज उक्त कम्पनीको कुल एक लाख ७८ हजार नौ सय २५ कित्ता सेयर खरिदबिक्री भएको छ । आज ब्रोकर ४४ बाट उक्त सेयरको उच्च खरिद हुँदा ब्रोकर १४ बाट सबैभन्दा धेरै कित्ता सेयर बिक्री भएको छ । पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१, छैटौं दिन ९८४.६ हुँदै आज सातौं कारोबार दिन १०८३ रुपैयाँ पुगेर सातौं सकारात्मक सर्किट लागेको हो । 

नेप्सेमा कारोबार भएका अन्य आइपिओहरुको ट्रेन्ड हेर्दा उच्च भोल्युममा कारोबार भएपछि सर्किट लाग्ने क्रममा ब्रेक हुने गरेको छ । दोस्रो बजारमा कारोबार शुरु भएपछि गरिएका खरिदमै २० देखि ३० प्रतिशत नाफा हुँदा ती सेयरका साथसाथै आइपिओ होल्डरकोसमेत सप्लाई आउने हुँदा आगामी दिन सर्किट लाग्न उच्च भोल्युममा खरिदकर्ता आउनु पर्ने देखिन्छ ।

उसो त नेप्सेमै लिस्टिङ भएका अन्य सिमेन्ट कम्पनीहरुको दाँजोमा सर्वोत्तम सिमेन्टको सेयरभाउ करिब तीन गुणा बढि पुगिसकेको छ । एउटै उपभोक्ता बजारमा रहेका कम्पनीहरुको सेयरमूल्यमा व्यापक तलमाथि हुनु स्वाभाविक नभएको बुझ्नसकिन्छ । तर कम मार्केट क्याप भएका सेयरहरुमा खेलाडीहरुको विशेष रुचि रहने हुँदा ती सेयरको मूल्य कर्नरिङ गरेरै बढाइएको प्रशस्त उदाहरण पनि रहेका छन् ।
 
सर्वोत्तम सिमेन्टले स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल ६० लाख कित्ता आइपिओ जारी गरेको हो जसमध्ये संस्थागत लगानीकर्ताको ४० प्रतिशत सेयर होल्डिङ छ । हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी सूचीकृत रहेका छन् जसमध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा महङ्गो कम्पनी रहेको छ ।

आज घोराही सिमेन्टको प्रति कित्ता ५२०, सोनापुर सिमेन्टको ४९३.९ र शिवम् सिमेन्टको ५३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको