Like us!
Follow us!
Connect us!
Watch us!

यस साताको सेयरबजार रिक्याप : नेप्सेमा १२.९३ अङ्कको गिरावट, लगानीकर्ताले गुमाए करिब साढे २० अर्ब रुपैयाँ

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १३ : ४८ मा प्रकाशित

यस साताको सेयरबजार रिक्याप : नेप्सेमा १२.९३ अङ्कको गिरावट, लगानीकर्ताले गुमाए करिब साढे २० अर्ब रुपैयाँ

यो साताको चार दिन सेयर कारोबार भएको छ । चार दिनमा ९ अर्ब ७३ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने १२.९३ अङ्कको गिरावट आएको छ ।

साताको पहिलो दिन आतबार होलीको बिदाका कारण सेयर बजार बन्द रह्यो । त्यसपछि सोमबार बजार खुल्दा २०४८.५७ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार २०३५.६४ विन्दुमा बन्द भएको हो । बजारमा १२.९३ अङ्कको गिरावट सँगै कारोबार सामान्य रहेको छ । चार दिनमा कुल ९ अर्ब ७३ करोड २३ लाख एक हजार ९ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब दुई अर्ब ४३ करोड ३० लाख बराबरको कारोबार भएको हो । यो साता सोमबार र बुधबार बजार घट्दा मङ्गलबार र बिहीबार भने बजारमा वृद्धि भएको थियो ।

उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक २०.३७ अङ्कले घटेको छ । यसैगरी विकास बैंक उपसूचक ८३.८५ अङ्कले घटेको छ । हाइड्रोपावर उपसूचकमा पनि यो साता ९.७८ अङ्कले वृद्धि भएको छ । फाइनान्स उपसूचक पनि ४२.२४ अङ्कले घटेको छ ।

सोमबार बजार खुल्दाको कुल पुँजीकरण ३२ खर्ब ४८ अर्ब रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण घटेर ३२ खर्ब २७ अर्ब ७५ करोड पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा २० अर्ब ४९ करोड रुपैयाँले गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको