Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा महानगरमा अब ब्रिज कोर्ष सञ्चालन गर्न नपाइने

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १८ : ४६ मा प्रकाशित

पोखरा महानगरमा अब ब्रिज कोर्ष सञ्चालन गर्न नपाइने

पोखरा महानगरपालिका भित्र अब कुनै पनि प्रकारको ब्रिज कोर्षका कक्षाहरु सञ्चालन गर्न नपाइने भएको छ ।

महानगरद्वारा जारी सूचना अनुसार अब निर्देशन अटेर गरी ब्रिज कोर्षका कक्षाहरु सञ्चालन गरेको पाइएमा नियमानुसार कारवाही गरिनेछ । एसईई परीक्षा सकेपछि कक्षा ११ मा भर्ना हुनु अघि विद्यार्थीहरुलाई ब्रिज कोर्ष भन्दै पढाउने गरिएको छ । 

पोखरामा यसरी ब्रिज कोर्ष सञ्चालन गर्ने ईन्स्टिच्युटहरुको संख्या राम्रै संख्यामा रहेको थियो । कक्षा १२ सकेपछि पनि विभिन्न इन्ट्रान्स तयारी भन्दै ब्रिज कोर्ष कै शैलीमा कक्षाहरु सञ्चालन हुँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको