Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल प्रगती फन्डको स्वामित्वमा रहेका यी सेयर लिलाम बढाबढ मार्फत बिक्री हुने, न्यूनतम मूल्य एक सय

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १२ : ५७ मा प्रकाशित

एनआईबिएल प्रगती फन्डको स्वामित्वमा रहेका यी सेयर लिलाम बढाबढ मार्फत बिक्री हुने, न्यूनतम मूल्य एक सय

एनआईबिएल प्रगती फन्डको स्वामित्वमा रहेका हकप्रद र बोनस सेयर लिलाम बढाबढ मार्फत बिक्री हुने भएका छन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक रही एनआईबिएल म्युचअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको उक्त सामूहिक लगानी कोष यही पुस २६ गते परिपक्व भएको थियो । सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था तथा नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम योजना खारेजीमा लैजाने क्रममा सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३२ को उपनियम (३) को व्यवस्था बमोजिम योजनाको नाममा रहेको लगानीलाई तीन महिना भित्र नगदमा परिणत गरी ईकाइधनीहरुलाई उनीहरुको स्वामित्वको अनुपातमा फिर्ता भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । 

सोही बमोजिम योजनाले प्राप्त गरेको तर सूचीकरण हुन बाँकी बोनश तथा हकप्रद शेयरहरुलाई बोलकबोल प्रकृयाबाट बिक्री गरी सूचीकरण तथा कारोबार योग्य भए पश्चात् खरिदकर्ताको नाममा धितोपत्र बजारको नियमानुसार कारोवार तथा नामसारी गर्ने शर्तमा बिक्री गर्न लागिएको हो । उक्त शेयरहरु खरीद गर्न योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले पुस २७ गते भित्र इच्छुक दर भाउमा गर्न गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

योजनाले रिडी पावरको ६५८९ कित्ता हकप्रद, माउन्टेन इनर्जीको १४१० कित्ता बोनस सेयर, समाज लघुवित्तको २२ कित्ता बोनस सेयर, हिमालयन रिइन्स्योरेन्सको ४२८ कित्ता बोनस सेयर र डिप्रोक्स लघुवित्तको २९२९ कित्ता बोनस सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो । सबै सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको