Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा गिरावट कायमै, कारोबार पनि घट्यो

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १५ : १२ मा प्रकाशित

सेयरबजारमा गिरावट कायमै, कारोबार पनि घट्यो

साताको दोस्रो दिन सोमबार पनि सेयरबजारमा गिरावट आएको छ । आइतबार दोहोरो अङ्कले घटेको बजार थप ओरालो लागेको हो ।

आइतबार १७.३० अङ्कले घटेको सेयरबजार आज थप ६.२६ अङ्कले घटेर २०१२.०७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा माइ खोला हाइड्रो, गुराँस लघुवित्त र महुली लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा रिभरफल्स हाइड्रो, हिमालयन हाइड्रो र अप्पर लोहोरे खोला हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल तथा पर्यटन समूहको उपसूचक १.१६ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक ०.२ प्रतिशत बढ्यो । यसैगरी आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले घट्दा लगानी समूहको उपसूचक ०.५ प्रतिशतले घट्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको