Like us!
Follow us!
Connect us!
Watch us!

२०२४ को तीन महिनामै तीन लाख बढी पर्यटक नेपाल भित्रिए

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १५ : १५ मा प्रकाशित

२०२४ को तीन महिनामै तीन लाख बढी पर्यटक नेपाल भित्रिए

सन् २०२४ मा नेपाल घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सन् २०२४ को पहिलो तीन महिनाको अवधिमा पर्यटक आवागमन तीन लाख ४ हजार नाघेको छ । कोभिड महामारी भन्दा पहिलेको अवस्थामा भन्दा पनि अहिले पर्यटन आवागमनमा वृद्धि भएको हो । यो हवाईमार्ग हुँदै आएका पर्यटकको मात्र गणना हुँदा स्थलमार्गबाट आएका पर्यटकको पनि तथ्यांक जोड्दा वास्तविक पर्यटक आवागमन थप हुने जनाइएको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार मार्च महिनामा मात्र एक लाख २८ हजार एक सय ६७ पर्यटक हवाईमार्ग हुँदै नेपाल आइपुगेका छन् । यसरी आउने पर्यटकमा छिमेकी मुलुक भारत र चीनका पर्यटकको संख्या नै उच्च रहेको छ । मार्चमा भारतबाट ३० हजार ६९८ पर्यटक नेपाल आउँदा चीनबाट पनि १० हजार सात सय ६३ पर्यटक नेपाल भित्रिएका छन् । 

अमेरिकाबाट पनि ७ हजार २४१ पर्यटक नेपाल आइपुगेका छन् । फेब्रुअरीको तुलनामा अमेरिकाबाट आउने पर्यटकको संख्यामा भने गिरावट भएको हो । नेपाल भित्रिने पर्यटकहरुको अन्य प्रमुख स्रोत देशमा श्रीलंका, जर्मनी, थाइल्यान्ड र अस्ट्रेलिया पनि परेका छन् । नेपाल आउने पर्यटकको स्रोत देशको शीर्ष १० देशमा फ्रान्स र म्यान्मार पनि रहेका छन् ।

श्रीलंका, थाइल्यान्ड र म्यान्मारबाट विशेषगरि बौद्ध धर्म मान्ने पर्यटकहरु नेपाल आएको अनुमान गरिएको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बौद्ध धर्मबारे थप प्रचार गर्न सके ती देशबाट अझ उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको