Like us!
Follow us!
Connect us!
Watch us!

ताइवानमा ७.४ रेक्टर स्केलको भुइँचालो, सुनामीको चेतावनी

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, ०७ : ११ मा प्रकाशित

ताइवानमा ७.४ रेक्टर स्केलको भुइँचालो, सुनामीको चेतावनी

पूर्वी ताइवानको हुवालिन शहरलाई केन्द्रविन्दु बनाएर ७.४ रेक्टर स्केलको भुइँचालो गएको छ ।

भुइँचालो पछि जापान र ताइवानमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानको मियाकोजिमा र ओकिनावा टापुहरुमा तीन मिटरसम्मका छालहरु उठ्न सक्ने जनाइएको छ । यसैगरी ताइवानको उत्तरी तटीय क्षेत्रका बासिन्दालाई अग्लो भागमा स्थानान्तरण हुन पनि सूचना जारी गरिएको छ ।

त्यहाँको स्थानीय समय अनुसार बिहान ७:५८ मिनेट जाँदा भुइँचालो गएको हो । त्यसपछि पनि कैयौं साना ठूला पराकम्प गइसकेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भुइँचालोबाट भएको क्षतिको विवरणहरु भने प्राप्त भइसकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको