Like us!
Follow us!
Connect us!
Watch us!

बालेनले १ अर्ब खाएको आरोप लगाएका महानगरका कर्मचारी पक्राउ

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १२ : २८ मा प्रकाशित

बालेनले १ अर्ब खाएको आरोप लगाएका महानगरका कर्मचारी पक्राउ

काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध सामाजिक सञ्जालमा लेखेर १ अर्ब खाएको आरोप लगाएका कर्मचारी पक्राउ परेका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पौडेलविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले सयौँ कर्मचारी करारमा नियुक्त गरेको र १ अर्ब रुपैयाँ खाएको भन्दै लेखेका थिए ।

मेयर शाहमाथि झुटा आरोप लगाएर अपमान गरेको भन्दै सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

मेयर शाहविरुद्ध लेखेपछि उनी पुस १६ गते निलम्बनमा परेका थिए । पौडेल २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा काम गर्दै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको