Like us!
Follow us!
Connect us!
Watch us!

भोलि घोडे जात्राको अवसरमा उपत्यकामा बिदा, सेयरबजार बन्द हुँदा लगानीकर्ता भने आक्रोशित

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १८ : ३८ मा प्रकाशित

भोलि घोडे जात्राको अवसरमा उपत्यकामा बिदा, सेयरबजार बन्द हुँदा लगानीकर्ता भने आक्रोशित

भोलि सोमबार घोडे जात्राको अवसरमा काठमाडौं उपत्यकामा बिदा हुने भएको छ ।

नेप्सेको बिदा सूची अनुसार भोलि सेयरबजार पनि बन्द रहने भएको हो । काठमाडौंमा मात्र दिइने बिदामा देशभरका लगानीकर्ताको प्रतिनिधित्व गर्ने सेयर बजार बन्द हुनेभए पछि लगानीकर्ता भने आक्रोशित भएका छन् । भोलिको बिदाबारे कतिपयले सामाजिक सञ्जालमै आफ्नो आक्रोश पोखेका छन् ।

आइतबार बजारले लय समाएको बेला सोमबार ब्रेक हुँदा लगानीकर्ता थप रुष्ट बनेका हुन् । अत्यधिक बिदा हुने देशकै रुपमा चिनिएको नेपालमा सेयरबजार व्यवसायिक बन्न नसक्नुका पछाडि अत्यधिक बिदा पनि एक कारण भएको लगानीकर्ताहरुले बताउँदै आएका छन् । उसो त बजार घट्दा बिदा नै भइराखोस् भन्ने लाग्ने गरेको अभिव्यक्ति दिने लगानीकर्ता पनि बजारमा नभएका हैनन् ।

तर सेयरबजार जस्तो परिवर्तनशील क्षेत्रमा ससाना घटनाले पनि प्रभावित पार्ने गरेको सन्दर्भमा असान्दर्भिक विषयमा दिने गरिएका बिदाहरुले सेयर बजारको मोमेन्टमलाई नै प्रभावित पार्ने कुरालाई नकार्न भने सकिँदैन । टि+२ सेटलमेन्टदेखि सातामा पाँच दिनमात्रै कारोबार हुने बजारमा थप बिदाको संख्यालाई घटाउनै पर्ने देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको