Like us!
Follow us!
Connect us!
Watch us!

भोलि ग्याल्पो ल्होसार, सेयरबजार बन्द हुने

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, १५ : २६ मा प्रकाशित

भोलि ग्याल्पो ल्होसार, सेयरबजार बन्द हुने

शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको अवसरमा भोलि सोमबार सेयरबजार बन्द हुने भएको छ ।

नेप्सेले जारी गरेको बिदाको सूचीमा ग्याल्पो ल्होसार पनि रहेको हुँदा भोलि सेयर कारोबार नहुने भएको हो । शेर्पा समुदायको नयाँ वर्षका रुपमा मनाइने ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदाका दिन मनाइने गर्छ । सोमबार २१५१ औं ग्याल्पो ल्होसार मनाइन लागेको हो ।

ग्याल्पो ल्होसार देशका विभिन्न २२ जिल्लामा मनाइने गरेको छ । गुरुङ समुदायको तमु ल्होसार र तामाङ समुदायको सोनम ल्होसारका अवसरमा पनि सरकारले बिदा दिने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको