Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले लगातार तोड्दै रेकर्ड,प्रतितोला कति पुग्यो?

अर्थ संसार

सोमबार, २६ चैत्र २०८०, १० : ४८ मा प्रकाशित

सुनको मूल्यले लगातार तोड्दै रेकर्ड,प्रतितोला कति पुग्यो?

सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ तोकिएको थियो । सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो

सोमबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।

अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको