Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थीक बर्षको आठ महिनामा २६ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ संसार

सोमबार, २६ चैत्र २०८०, ११ : २३ मा प्रकाशित

चालु आर्थीक बर्षको आठ महिनामा २६  हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एकपछि अर्को इतिहास कायम गरिरहेको सुनको मूल्यले सोमबार पनि विगतको रेकर्ड ब्रेक गर्दै हालसम्मकै उच्च मूल्य कायम गरेको छ । यो मूल्य अहिलेसम्मकै बढी हो ।

२०८०/८१ को साउन महिनायता नै सुनको मूल्य २६ हजार रुपैँयाले बढेको छ  । 

२०८०/८१ को पहिलो महिना साउनको सुरुवातीमा  छापावाला सुनको मूल्य प्रतितोला  १ लाख १० हजार रुपैयाँदेखि १ लाख १३ हजार ६ सय रुपैयाँ कामय भएको थियो । भदौमा पनि सुनको मूल्य प्रतितोला  १ लाख १० हजार ३ सय रुपैयाँदेखि १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको महसंघको तथ्याङ्कले देखाएको छ । असोजमा भने घटेर १ लाख  २ लाख ६ हजार ९ सय रुपैयाँदेखि  १ लाख १३ हजार रुपैयाँ कायम भएको थियो ।

कार्तिकमा  सुनको मूल्य बढेर नयाँ(नयाँ रेकर्ड बनाएको देखिन्छ । कार्तिकमा  १ लाख  १३ हजार रुपैयाँबाट बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ, १ लाख १६ हजार र १ लाख १७ हजार रुपैयाँसम्म बढेर नयाँ रेकर्ड कायम भएको  महासंघको तथ्याङ्कले देखाएको छ । । उक्त महिनामा १ लाख १३ हजार  २ सय रुपैयाँदेखि १ लाख १७ हजार रुपैयाँ कायम भएको थियो ।

मंसिरमा पनि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाएको थियो । सो महिना सुनको मूल्य बढेर  १ लाख २१ हजार ६ सय रुपैयाँसम्म कायम भएको थियो । त्यस्तै पुसमा पुन सुनको मूल्य बढेर  १ लाख २२ हजार रुपैयाँसम्म कायम भएको पाइन्छ ।

माघमा भने सुनको मूल्य तलमाथी भई  १ लाख १७ हजार ५ सय रुपैयाँदेखि १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।  फागुनमा भने सुनको मूल्यले नयाँ नयाँ रेर्कड कायम गरेको थियो । फागुनमा ‍तेस्रो हप्तादेखि लगातार सुनको मूल्य बढेको थियो। फागुनमा सुनको मूल्य प्रतितोला  लाख २३ हजार ५ सय रुपैयाँ, १ लाख २५ हजार रुपैयाँ र १ लाख २६ हजार रुपैयाँसम्म कायम भएको थियो ।

त्यसैगरी चैत महिनामा लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । चैतमा सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँबाट बढेर  १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ ।  चैतको ८ गते १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएर रेर्कड कायम गरेको थियो । 

महासंघअनुसार  चैत १५ गते १ लाख २७ हजार ९ सय रुपैयाँ, चैत १६ गते १ लाख ३० हजार रुपैयाँ, चैत १९ गते १ लाख ३१ हजार ६ सय रुपैयाँ,  चैत  २१ हजार १ लाख ३३ हजार रुपैयाँ  चैत २२ गते १ लाख ३४ हजार रुपैयाँ, हिजो आइतबार १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ त्यस्तै, आज सोमबार १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली व्यवसायीहरुले सुनको मूल्य बढ्ने क्रम जारी छ ।  त्यसैगरी विश्वभर नै सुनको मूल्य निरन्तर बढेर उच्च मूल्य कायम हुने अनुमान गरिएको छ । 

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उत्तारचढावसँगै नेपालमा पनि मूल्य बढाइन्छ । तर महासंघले तोकेको मूल्यमा सर्वसाधारणले सुन पाउँदैनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको