Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १० : ४३ मा प्रकाशित

सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य १०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३४४.७७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७.७८ डलरमा कारोबार भइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको