Like us!
Follow us!
Connect us!
Watch us!

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा घर फर्किदै गरेका सात नेपालीको मृत्यु

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १२ : ०६ मा प्रकाशित

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा घर फर्किदै गरेका सात नेपालीको मृत्यु

भारतको उत्तराखण्डस्थित नैनीतालमा सवारी दुर्घटना हुँदा घर फर्कदै गरेका सात नेपाली नागरिकको मृत्यु भएको छ ।

नैतीतालको बेतालघाट नाम गरेको स्थानमा उनीहरु सवार गाडी सडकबाट करिब १५० मिटर गहिरो खोंचमा खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा थप एक भारतीय नागरिकको पनि मृत्यु भएको छ भने थप दुई नेपाली गम्भीर घाइते भएका छन् ।

दुर्घटनापछि भारतको स्टेट डिज्यास्टर रेस्पोन्स टिमले घटनास्थलमा उद्धार कार्य गरेको जनाइएको छ । घटनामा मृतक तथा घाइतेको पहिचान भने खुलिसकेको छैन । उनीहरु जल जीवन मिसन प्रोजेक्टमा कार्यारत रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

प्रोजेक्टको काम सकेर गाडी रिजर्भ गरि घर फर्किदै गर्दा सोमबार राति दुर्घटना भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको