Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ जाने तीर्थयात्रीका लागि नेपाल प्रहरीद्वारा स्वास्थ्य शिविर सञ्चालन

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १२ : २२ मा प्रकाशित

मुक्तिनाथ जाने तीर्थयात्रीका लागि नेपाल प्रहरीद्वारा स्वास्थ्य शिविर सञ्चालन

चैते दशैँको औंशी तिथिमा मुक्तिनाथ तीर्थयात्रा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी गण्डकी प्रदेश प्रहरी कार्यलयले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

तीर्थयात्रामा जाने यात्रुहरुलाई लेक लाग्ने, अक्सिजनको कमि हुने, ढल्ने आदि समस्याबाट मानवीय क्षति बेहोर्नु नपरोस् भन्ने उद्देश्यका साथ उक्त शिविर सञ्चालन गरेको कार्यालयले जनाएको छ । चैत्र २५ गतेबाट मुस्ताङ जिल्लाको घरपझोङ गाँउपालिका-४ मा रहेक पर्यटक चेकपोष्टमा सञ्चालन गरिएको उक्त शिविरमा हालसम्म २१० जनाको स्वास्थ्य चेकजाँच भइसकेको छ । 

पर्यटकहरुको स्वास्थ्य विस्तृतरुपमा चेकजाँच गरी ठीक भएमा मात्र तीर्थ यात्रामा पठाइने अन्यथा स्वास्थ्य उपचारका लागि शिविरमा रोकिने गरेको प्रहरीको भनाई छ । यसैगरी अल्टिट्युड सिकनेस भएका पर्यटकहरुलाई औषधि उपचार गराएर पठाउने प्रहरीले जनाएको छ ।

शिविर सञ्चालन गरेपछि विगतमा वर्षहरुमा बेहोर्नुपरेको मानवीय क्षति कम हुने अपेक्षा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वसन्त याममा विभिन जङ्गली बोटविरुवाहरु उम्रने हुँदा यतिबेला लेक लाग्ने लगायतका समस्याहरु उच्च हुने गरेको विगतका वर्षको तथ्यांकले देखाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको