समस्याग्रत नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको संयोजक बन्न आवेदन दिएका पाँच उम्मेदवारमध्येबाट रोशन कुमार अधिकारी छनोट भएका छन् ।
कम्पनीको व्यवस्थापन समूहको संयोजक पद पदपूर्ति गर्न नेपाल राष्ट्र बैंकले दरखास्त माग गरेको थियो । सोही बमोजिम दरखास्त दिएका मध्येबाट पाँच जनालाई छनोट गरि बैंकले व्यवसायिक कार्ययोजना पेश गर्न भनेको थियो । कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका मध्ये प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मा रहेका वैकल्पिक उम्मेदवारमा परेका छन् ।
चैत २१,२२ र २३ गते तीन दिन गरि उम्मेदवारले कार्ययोजना प्रस्तुतीकरण दिएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस