Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक,न्यूनतम मूल्य कति ?

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, ११ : ०० मा प्रकाशित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक,न्यूनतम मूल्य कति ?

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा ल्याइएको छ ।

कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख १४ हजार ६१२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर प्रति कित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा आईपुग्ने गरी के–कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि आगामी जेठ १ गतेसम्म आवेदन दिनुपर्नेछ।  

सेयररको न्यूनतम मूल्य प्रति सेयर २७५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा सेयर  खरिदको लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको सेयर  संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कवुल गरेको सेयर  संख्या, प्रति कित्ता सेयर मूल्यमा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । निष्काशन गरिएको सेयरका लागि लिलाम बढाबढ गर्दा सबै सेयर खरिदका लागि दरखास्त नपरे पनि निवेदन परेको सेयर सम्बन्धित निवेदकलाई बांडफांड गरी बाँकी रहेको सेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्न सकिने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको