Like us!
Follow us!
Connect us!
Watch us!

हमला गर्न इरानलाई उक्साउँदै अमेरिका, संयमताका साथ अघि बढ्ने इरानी संकेत

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १४ : ५९ मा प्रकाशित

हमला गर्न इरानलाई उक्साउँदै अमेरिका, संयमताका साथ अघि बढ्ने इरानी संकेत

अमेरिका र पश्चिमा देशको निरन्तर उक्साहटका बाबजुद इरानले इजरायलका विषयमा संयमताका साथ अघि बढ्ने संकेत गरेको छ ।

अमेरिका र पश्चिमा देशले इरानका एक उच्च सैन्य कमान्डरलाई ड्रोन हमला गरि इजरायलले हत्या गरेपछि बदला लिन इरानले हमला गर्ने उच्च सम्भावना रहेको बताउँदै आएका छन् । अमेरिकाले आफ्ना नागरिकलाई इजरायल भ्रमण नगर्न तथा इजरायलमा रहेका नागरिकलाई घर बाहिर ननिस्कनसम्मको चेतावनी दिएको थियो । पश्चिमा मिडियाले इरानले यसपटक नसहने तथा बदला लिएरै छाड्ने जस्ता अभिव्यक्ति दिँदै आएका थिए भने इजरायलले पनि आफ्नो सैन्यलाई उच्च सतर्कतामा राख्दै इजरायली डिफेन्स फोर्सको बिदामा समेत कटौती गरेको थियो ।

इजरायलले सिरियाको दमास्कसस्थित दूतावासबाहिर गरेको हमलाको जिम्मा नलिए पनि पेन्टागनले भने उक्त हमला इजरायल नै गरेको बताउँदै आगोमा घ्यु थप्ने काम गरिरहेको थियो । प्रतिउत्तरमा इरानले इजरायललाई हमला गरे आफूले इजरायललाई हरहालतमा प्रतिरक्षा गर्ने अभिव्यक्ति पनि अमेरिकी राष्ट्रपतिले दिएका थिए ।

यसैकारण इरानी पक्षले हमलाको नियन्त्रित र थप तनाव नबढाउने किसिमले  प्रतिक्रिया दिन लागेको जनाइएको छ । इजरायललाई पूर्ण क्षमतामै आक्रमण गरेर अमेरिकालाई युद्धमा निम्तो दिन इरानले नचाहेको हो । तर इरानले आफ्ना क्षेत्रीय प्रोक्सीमार्फत इजरायलमाथि आक्रमण गर्ने संकेत प्राप्त भएको जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको