Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १७ : ५४ मा प्रकाशित

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट

नेपालीहरुको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप कुमारी स्मार्ट मार्फत मुद्दती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन् । 

कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ । ग्राहकहरुको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने छ । 
२०८१ वैशाख महिनाको लागि मुद्धती खाता प्रदान गरिएको ब्याजदर

अवधि                                          स्वयं उपस्थितमा खोलिएका                                कुमारी स्मार्टबाट खोलिएका खातामा

                                                    मुद्धतीमा पाइने ब्याजदर                                         पाइने ब्याजदर

                
३–६ महिना                                             ६.५१%                                                            ६.६६%
६ महिना देखि १ वर्ष मुनि                           ७.००%                                                            ७.१५%
१ वर्ष माथि                                              ७.११%                                                             ७.२६%

यस्तो प्रकारको मुद्धती खाता खोल्नको लागी र मुद्धती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरु नचाहिने र मोबाइल बैंकिङ्ग एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको