Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तले सार्वजनिक गर्यो तेस्रो त्रैमासिक विवरण, एनपिएल घट्दा नाफामा उल्लेख्य सुधार

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १० : ०९ मा प्रकाशित

आरएसडिसी लघुवित्तले सार्वजनिक गर्यो तेस्रो त्रैमासिक विवरण, एनपिएल घट्दा नाफामा उल्लेख्य सुधार

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको तुलनामा एनपिएलमा सुधार भएपछि लघुवित्तको नाफामा उल्लेख्य सुधार आएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको नाफामा ठूलो वृद्धि भएको छ । यस त्रैमासमा लघुवित्तको खुद नाफा ४ करोड २८ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ६६ लाख रुपैयाँमा सीमित रहेको थियो ।

खुद ब्याज आम्दानी - तेस्रो त्रैमासमा लघुवित्तले ६ करोड ३१ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ६ करोड ६४ लाख रहेको थियो । यो करिब ५ प्रतिशतको गिरावट हो ।

सञ्चालन मुनाफा - पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ७ करोड ६७ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष एक करोड ९६ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब २.९१ गुणाले बढेको हो ।

वितरणयोग्य मुनाफा : ८ करोड ६१ लाख रुपैयाँ

खराब कर्जा अनुपात : अघिल्लो वर्षको १.२१ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो त्रैमाससम्म घटेर ०.९ प्रतिशतमा झरेको छ।

इम्पेरमेन्ट चार्ज : तेस्रो त्रैमासमा इम्पेरमेन्ट चार्ज ९७ लाख रुपैयाँले रिभर्सल भएको छ । 

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा १५.८३ रुपैयाँ रहेको छ । 

मूल्य आम्दानी अनुपात : ३८.१० गुणा (अन्तिम मूल्य ६०३.१ रुपैयाँ)

प्रति सेयर नेटवर्थ : १२४ रुपैयाँ ६९ पैसा

चुक्ता पूँजी : ९४ करोड ४३ लाख रुपैयाँ

जगेडा कोष : १२ करोड ४ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको