Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको तेस्रो त्रैमासिक विवरण सार्वजनिक, एनपिएल बढ्दा नाफामा गिरावट

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, ११ : ०६ मा प्रकाशित

ज्योति विकास बैंकको तेस्रो त्रैमासिक विवरण सार्वजनिक, एनपिएल बढ्दा नाफामा गिरावट

ज्योति विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको एनपिएल बढ्दा नाफामा उल्लेख्य गिरावट भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफामा उल्लेख्य गिरावट आएको छ । यस त्रैमासमा बैंकको खुद नाफा ५ करोड २२ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ११ करोड ८४ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब ५५.८६ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी

बैंकले सार्वजनीक गरेको वित्तीय विवरणअनुसार तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा झिनो सुधार आएको छ । यस अवधिमा बैंकले ५८ करोड २६ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५२ करोड ६१ लाख रहेको थियो । यो करिब १०.७४ प्रतिशतको वृद्धि हो ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ६३ करोड ९२ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ६१ करोड ३० लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब ४.२७ प्रतिशतले बढेको हो ।

वितरणयोग्य मुनाफा

पाँच करोड २२ लाख रुपैयाँ

खराब कर्जा अनुपात

अघिल्लो वर्ष ३.८९ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष बढेर ४.९७ प्रतिशत  पुगेको छ।

इम्पेरमेन्ट चार्ज 

तेस्रो त्रैमासिकमा बैंकले इम्पेरमेन्ट चार्ज बापत् २८ करोड २७ लाख रुपैयाँ छुट्ट्याएको छ । यो आर्थिक वर्ष बैंकले कुल ८३ करोड रुपैयाँ इम्पेरमेन्ट चार्जका लागि छुट्ट्याएको छ ।

प्रति सेयर आम्दानी

चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५० पैसाले घटेर ४ .६२ पैसा रहेको छ । 

मूल्य आम्दानी अनुपात 

६३.५९ गुणा (अन्तिम मूल्य २९४ रुपैयाँ)

प्रति सेयर नेटवर्थ 

१३४ रुपैयाँ २० पैसा

चुक्ता पूँजी

४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ

जगेडा कोष

१ अर्ब ७९ करोड रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको