Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज् फाइनान्सको नाफामा ४० प्रतिशतको गिरावट, कति छ इपिएस ?

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १० : ४९ मा प्रकाशित

गोर्खाज् फाइनान्सको नाफामा ४० प्रतिशतको गिरावट, कति छ इपिएस ?

गोर्खाज् फाइनान्सले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष रिभर्स भएको इम्पेरमेन्ट चार्ज यस वर्ष फेरि बढ्दा नाफा घटेको हो ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म फाइनान्सले खुद नाफामा उल्लेख्य गिरावट भएको छ । यस त्रैमाससम्म फाइनान्सको खुद नाफा ५ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले एक अर्ब ९ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब ४० प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी

तेस्रो त्रैमाससम्ममा फाइनान्सले २३ करोड ५१ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष २५ करोड ४७ लाख रहेको थियो । यो करिब ७.६९ प्रतिशतको गिरावट हो ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १० करोड १६ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १५ करोड ७८ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ३५.५९ प्रतिशतले घटेको हो ।

खराब कर्जा अनुपात

अघिल्लो वर्ष ६.७७ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष बढेर १४.५० प्रतिशत  पुगेको छ।

इम्पेरमेन्ट चार्ज

तेस्रो त्रैमासिकमा मात्रै बैंकले इम्पेरमेन्ट चार्ज बापत् १० करोड ९९ लाख रुपैयाँ छुट्ट्याएको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले कुल दुई करोड रुपैयाँ इम्पेरमेन्ट चार्जका लागि छुट्ट्याएको छ ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ५९ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रति सेयर आम्दानी

८.४३ रुपैयाँ

मूल्य आम्दानी अनुपात

९६.८० गुणा (अन्तिम मूल्य ८१६ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

१५१ रुपैयाँ ७१ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको