Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्दै, अन्तर्राष्ट्रिय टेन्डर आह्वान

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १७ : ०७ मा प्रकाशित

राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्दै, अन्तर्राष्ट्रिय टेन्डर आह्वान

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्नका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै इच्छुक योग्य कम्पनीले आजको ४६ दिन भित्र सिलबन्द खाममा आवेदन दिन सक्ने जनाएको हो । योग्य कम्पनीले दुई छुट्टाछुट्टै सिलबन्द खाममा प्राविधिक र मूल्य बोलकबोल गरि एउटै सिलबन्द खाममा समावेश गरि पेश गर्नुपर्नेछ । सिलबन्द खामहरु जुन ३ तारिखका दिन ३ बजे खोलिने विभागले जनाएको छ ।

टेन्डरमा आवेदन दिन सक्ने कम्पनीहरु भने पहिलो चरणको बोलकबोल मार्फत छनोट गरिसकेको छ । सन् २०२१ मै राष्ट्र बैंकले १० कम्पनीलाई योग्य कम्पनीमा रुपमा छनोट गरिसकेको छ । तिनै १० कम्पनीमध्ये एक कम्पनीले नोट छाप्ने जिम्मा पाउनेछ । देशमै छाप्ने व्यवस्था नहुँदा राष्ट्र बैंकले नोट विदेशमा छाप्न दिने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको