Like us!
Follow us!
Connect us!
Watch us!

हङकङसँग पराजित हुँदै नेपाल इमर्जिङ एसिया कपमा छनोट हुन पनि असफल

अर्थ संसार

शनिबार, ०८ बैशाख २०८१, १९ : ३५ मा प्रकाशित

हङकङसँग पराजित हुँदै नेपाल इमर्जिङ एसिया कपमा छनोट हुन पनि असफल

एसिसि प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग पराजित हुँदै नेपाल इमर्जिङ एसिया कपमा छनोट हुन पनि असफल भएको छ ।

ओमान टर्फ मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । ओपनर कुशल भुर्तेललाई फेरि पनि शून्य रनमा गुमाउँदै कमजोर शुरूवात गरेको नेपाली ब्याटिङ इनिङ सेमिफाइनल जस्तै पटक्कै लयमा देखिएन । दीपेन्द्र सिंह ऐरीको ४४ रनको योगदान नहुँदो हो त नेपाली पारी चुनौतीपूर्ण स्कोर नबनाउँदै अलआउट हुने देखिएको थियो । तर ऐरीसँगै सन्दीप जोराले २२ र रोहित पौडेलले २१ रनको योगदान पछि नेपालले निर्धारित २० ओभरमा १३९ रन बनाउन सक्यो । 

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका आयुस शुक्लाले तीन विकेट लिए । प्रतिउत्तरमा १ सय ४० रनको लक्ष्य हङकङले २० औं ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । उसका लागि अन्सुमन रथले सर्वाधिक ६५ रन बनाउँदा बाबर हायातले २६ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा ललित राजवंशी र सोमपाल कामीले एक-एक विकेट लिन सफल रहे । 

हिजो सेमिफाइनलमा हारेसँगै नेपाल र हङकङ एसिया कपमा छनोट हुनबाट वञ्चित भएको थियो । आजको जीतपछि हङकङ भने इमर्जिङ एसिया कपमा छनोट भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको