Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १० : ५० मा प्रकाशित

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य आइतबार एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।े

सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ७४०रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको