Like us!
Follow us!
Connect us!
Watch us!

शौर्य सिमेन्टले ६ महिनामा गर्‍यो २ अर्बको व्यापार,कर्जाका लागि १४ अर्बको रेटिङ

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १२ : २१ मा प्रकाशित

शौर्य सिमेन्टले ६ महिनामा गर्‍यो २ अर्बको व्यापार,कर्जाका लागि १४ अर्बको रेटिङ

नेपाल धितोपत्र बोर्डमा प्रिमियमसहित आइपीओ निष्कासनको अनुमति पर्खिरहेको शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा  २ अर्ब ५८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहेको सो कम्पनीले सन् २०२३ मा ७ अर्ब ४० करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ७ अर्ब ४३ करोड र सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यस कम्पनीले १४ अर्ब १ करोड ८६ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये लङ ट्रम १० अर्ब ८५ करोड ८६ लाखका लागि ‘इक्रा बीबीबी माइनस’ र सर्ट ट्रम ३ अर्ब १६ करोड बैंक कर्जाका लागि ‘इक्रा ए३’ रेटिङ पुनः पुष्टि गराएको हो । यसको मिर्चैयामा उत्पादन प्लान्ट छ ।  कुल स्थापना क्षमता ३ हजार टन प्रतिदिन (टीपीडी) छ । 

 शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थप गरेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा सेयर जारी गर्न अनुमति पर्खिरहेको छ । यसले १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । 

यसको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकले गर्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको