Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले एक अर्ब ९४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, ०९ : २२ मा प्रकाशित

राष्ट्र बैंकले एक अर्ब ९४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको एक अर्ब ९४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा कोषको एक अर्ब ९४ करोड रुपैयाँ रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । सूचना अनुसार राष्ट्र बैंकले यसमध्ये क वर्गका वाणिज्य बैंकमा १ अर्ब ५५ करोड ५७ लाख, विकास बैंकहरुमा २९ करोड १६ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ९ करोड ७२ लाख रुपैयाँ गरी कुल एक अर्ब ९४ करोड रुपैयाँ राख्न लागेको हो ।

राष्ट्र बैंकले २०८१ जेठ ३ गतेदेखि २०८२ जेठ २ गतेसम्म ३६६ दिनका लागि मुद्दतिमा उक्त रकम राख्नेछ । निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको