Like us!
Follow us!
Connect us!
Watch us!

भोलिदेखि कक्षा १२ को परीक्षा, जापानमा पनि परीक्षाकेन्द्र

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, १३ : २९ मा प्रकाशित

भोलिदेखि कक्षा १२ को परीक्षा, जापानमा पनि परीक्षाकेन्द्र

कक्षा १२ को परीक्षा भोलि शुक्रबार देखि शुरु हुँदैछ ।

परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामाग्री परीक्षाकेन्द्र पुर्याउने काम सम्पन्न भइसकेको राष्ट्रिय परीक्षा बोर्डको भनाई छ । यसपटक नियमिततर्फ एक लाख ९६ हजार ९ सय १४ छात्रा र एक लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार ८ सय ४७ परीक्षार्थीहरु सहभागी हुँदैछन् । यसैगरी ग्रेडवृद्धितर्फ एक लाख ६ सय ५० विद्यार्थी सहभागी हुँदैछन् ।

देशभरका एक हजार ५ सय २५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । यसैगरी देशबाहिर जापानमा पनि एक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुनेछन् । परीक्षा वैशाख २४ गते सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको