Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयका सचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालक समिति सदस्यको शपथ

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, १६ : २३ मा प्रकाशित

अर्थ मन्त्रालयका सचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालक समिति सदस्यको शपथ

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालक समिति सदस्यको रुपमा शपथ लिएका छन् ।

सचिव मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले मरासिनीलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । 

सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार बिमल पौडेल, सह–रजिष्ट्रारहरू हरिराज कार्की, ठगीन्द्र कट्टेल र अर्जुनप्रसाद कोइराला, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको