Like us!
Follow us!
Connect us!
Watch us!

लगानीमैत्री वातावरणमा थप सुधार गर्छौं,नेपालमा लगानी गर्न आग्रह छ: शेरबहादुर देउवा

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १२ : ४५ मा प्रकाशित

लगानीमैत्री वातावरणमा थप सुधार गर्छौं,नेपालमा लगानी गर्न आग्रह छ: शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री बनाउन आफूहरु तयार रहेको बताएका छन् ।

आइतबार तेस्रो लगानी सम्मेलनको उद्धाटन सत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालमा लगानी बढाउने विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् ।

‘नेपालमा लगानी गर्नु लाभदायक छ । नेपालमा लगानी गरेका विदेशी कम्पनीले आफ्नो देशमा राम्रो लाभांश लगेर गएका छन् ,’ ‘म तपाईंहरुलाई नेपालमा लगानी बढाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्दछु । हामीहरु पूर्ण सुरक्षाको प्रत्याभुत गर्न तयार छौं ।’ देउवाले भने

पर्यटन जलविद्युत आइटी खानीमा आधारित उद्योगमा नेपालमा पर्याप्त सम्भावना भएको भन्दै नेपालमा कानुनद्वारा लगानी संरक्षण गर्ने नीति लिएकाले कुनै पनि लगानीकर्ता डराउनु पर्ने अवस्था नरहेको देउबाले बताए । 
२०४८ सालमा आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारले आर्थिक सुधारको काम सुरु गरेको आगामी दिनमा पनि निरन्तर सुधारका काम गर्न तयार गरेको देउवाको भनाइ छ ।

 ‘हामीहरु सुधारका काम निरन्तर गर्न तयार छौं । लगानीको वातावरण बनाउन तयार छौं । लगानीकर्तालाई विवेधकारी नीति बनाउने पक्षमा हामी छैनौं,’ देउवाले भने,’ आर्थिक विकासका लागि विदेश लगानी आवश्यक हुन्छ ।’ नेपाली कांग्रेस नेतृत्वको सरकारले नै उदारिकरणको निर्णय गर्दै व्यवसायीक वातावरणमा सुधार गरेको र निजी क्षेत्रलाई प्रवर्धन गर्ने नीति लिएको थियो,’ देउवाले भने,’ अहिले नेपालमा लगानी गर्न सहज अवस्था सिर्जना छ । कर नीतीमा पनि पर्याप्त सुधार भएको छ । लगानी फिर्ता लैजाने सहज अवस्था छ । हामीहरु लगानीकर्ताको सुधारका आधारमा थप आवश्यक सुधार गर्न तयार छौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको