Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता सेयर बेच्दै विशाल ग्रुप

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, ११ : ४४ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता सेयर बेच्दै विशाल ग्रुप

विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो ११ लाख कित्ता संस्थापक सेयर बेच्ने भएको छ । सोहीअनुसार विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल रिको ११ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य योग्य संगठित संस्थाहरुले खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण ११ लाख कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले वैशाख २६ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा पेस गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको