Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १२ : २४ मा प्रकाशित

नेपाल पुनर्बीमाको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा ल्याइएको छ । यूनाइटेड अजोडले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
 
यस सेयरमा हाल विद्यमान संस्थापक सेयर धनीले खरिद आवेदन दिन पाउनेछन् । खरिदकर्ताले प्रचलित बजार मूल्यअनुसार प्रतिकित्ता न्यूनतम १८१ रुपियाँका दरले कम्तीमा पाँच हजार कित्ता सेयर का लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाडौंको सुन्धारास्थित कम्पनीको प्रधान कार्यालय वा थापाथलीस्थित नेपला पुनर्बीमा कम्पनीमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई आवेदन दिनुपर्नेछ ।

साथै,तोकिएको समयमा संस्थापक सेयर धनीबाट सेयर खरिदका लागि पूर्ण आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको