Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गे हाइड्रोले किन डाक्यो विशेष साधारणसभा ?

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १४ : ५३ मा प्रकाशित

अप्पर स्याङ्गे हाइड्रोले किन डाक्यो विशेष साधारणसभा ?

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले जेठ ७ गते काठमाडौंको चप्पल कारखाना चोकस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले विशेष साधारणसभामा दोभान खोला हाइड्रोपावर आयोजनाको अनुमतिपत्र हस्तान्तरण गर्ने जनाएको छ । कम्पनीले सहायक कम्पनीमार्फत उक्त २४.५ मेगावाटको आयोजना अघि बढाउने गरि लाइसेन्स हस्तान्तरण गर्न लागेको छ । दोभान खोला हाइड्रोमा कम्पनीको ५१ प्रतिशत लगानी रहनेछ ।

सभाका अन्य प्रस्तावमा अख्तियारी प्रदान गर्ने लगायत विविध प्रस्ताव रहेका छन् । विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २८ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख २७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको