Like us!
Follow us!
Connect us!
Watch us!

लगानीबाट हुने आम्दानी बढ्दा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, इपिएस कति?

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, ११ : ३१ मा प्रकाशित

लगानीबाट हुने आम्दानी बढ्दा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, इपिएस कति?

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । पोलिसी होल्डरलाई जारी कर्जा तथा लगानीबाट हुने ब्याज आम्दानी बढ्दा कम्पनीको नाफामा पनि वृद्धि भएको हो ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म इन्स्योरेन्सको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ४९ करोड ३६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा इन्स्योरेन्सले ४४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब ११.०५ प्रतिशतले बढेको हो ।

खुद प्रिमियम आम्दानी

तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २ अर्ब ४९ करोड रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेको छ जुन अघिल्लो वर्ष २ अर्ब ५१ करोड रहेको थियो । यो करिब ०.९८ प्रतिशतको गिरावट हो ।

कुल आम्दानी

तेस्रो त्रैमाससम्म इन्स्योरेन्सको कुल आम्दानी ३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । कुल आम्दानी करिब ७.७७ प्रतिशतले बढेको हो ।

कुल खर्च

तेस्रो त्रैमासिकसम्ममा इन्स्योरेन्सको कुल खर्च  २ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । कुल खर्च करिब ७.१९ प्रतिशतले घटेको हो ।

लगानी

यस आवको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको लगानी बढेर १० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ७ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

वितरणयोग्य मुनाफा 

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी

२०.५७ रुपैयाँ

मूल्य आम्दानी अनुपात

२९.०३ गुणा (अन्तिम मूल्य ५९७.१ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

१९४.११ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको