Like us!
Follow us!
Connect us!
Watch us!

दीर्घकालीन ऋणबाट मुक्त भएको भगवती हाइड्रोपावरको नाफामा वृद्धि, इपिएस कति?

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, ०७ : २२ मा प्रकाशित

दीर्घकालीन ऋणबाट मुक्त भएको भगवती हाइड्रोपावरको नाफामा वृद्धि, इपिएस कति?

भगवती हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दीर्घकालीन ऋण तिरेर सक्दा वित्तीय खर्च न्यून भएको छ भने विद्युत बिक्रीबाट आम्दानी बढ्दा हाइड्रोको नाफामा वृद्धि भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा ६ करोड ३३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा पाँच करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट १२ करोड ६० लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ११ करोड ९९ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट ४ करोड ४० लाख रुपैयाँ कमाएको छ ।

वित्तीय खर्च

दीर्घकालीन ऋण तिरिसकेको हाइड्रोले तेस्रो त्रैमाससम्म वित्तीय खर्चबापत् ५ लाख रुपैयाँ तिरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ६५ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ६ करोड ३३ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी

१५.७५ रुपैयाँ

मूल्य आम्दानी अनुपात

३८.४१ (अन्तिम मूल्य ६०५ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

१२४ रुपैयाँ ४१ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको