Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्ष भित्र राष्ट्र बैंकले समाधान गर्यो तीन हजार ७६ गुनासो

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, १० : ४९ मा प्रकाशित

एक वर्ष भित्र राष्ट्र बैंकले समाधान गर्यो तीन हजार ७६ गुनासो

चालू २०८० वर्षको वैशाखदेखि चैतसम्म नेपाल राष्ट्र बैंकले तीन हजार ७६ गुनासो समाधान गरेको छ ।

बैंकका अनुसार वित्तीय ग्राहकबाट प्राप्त भएका कर्जा, कर्जाको ब्याजदर, कालोसूची, विद्युतीय भुक्तानी आदिसँग सम्बन्धित गुनासाहरु समाधान गरिएका हुन् । राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईले अनलाइन पोर्टल, टेलीफोन, इमेल, हेलो सरकारका साथै लिखित निवेदन र कार्यालयमै आएर दर्ता भएका निवेदनमार्फत ग्राहकको गुनासोलगायत विभिन्न समस्या, प्रश्न, जिज्ञासा, सुझाव प्राप्त गरि सोही बमोजिम समाधान र कार्यान्वयनको पहल गर्ने गर्दछ ।

यो वर्ष राष्ट्र बैंकले ७४ प्रतिशत गुनासा अनलाइन पोर्टलमार्फत, १६ प्रतिशत गुनासा इमेल, टेलिफोन र हेलो सरकारमार्फत र १४ प्रतिशत गुनासा लिखित रुपमा प्राप्त भएको जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि कुनै पनि गुनासो भए संस्थागत माध्यमबाट समाधानका लागि समयमै पहल गर्न पनि आह्वान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको