Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानीसँगै मिडसोलु हाइड्रोको नाफा पनि बढ्यो

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, १० : १७ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानीसँगै मिडसोलु हाइड्रोको नाफा पनि बढ्यो

मिडसोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढेसँगै हाइड्रोको नाफामा पनि सामान्य वृद्धि भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा २ करोड १६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ९७ लाख रुपैयाँ रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट २० करोड ३८ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ७ करोड ५५ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट ६ करोड ५ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा १३ करोड १३ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ७ करोड २ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १५० प्रतिशतले बढेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् ३ करोड ३६ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल १० करोड ९२ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ४ करोड २६ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा २ करोड १६ लाख १९ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर आम्दानी

३.८५ रुपैयाँ

मूल्य आम्दानी अनुपात

१५९.९३ (अन्तिम मूल्य ६१६ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

१०२.६३ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको