Like us!
Follow us!
Connect us!
Watch us!

५.६३ अकंले बढ्यो सेयर बजार, होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १५ : २० मा प्रकाशित

५.६३ अकंले बढ्यो सेयर बजार, होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण

साताको अन्तिम कारोबारको दिन बजारमा सामान्य सुधार देखिएको छ । हिजो झिनो अकंले घटेको बजारमा आज  सुधार देखिएको हो । आज सेयर बजार नेप्से परिसूचक ५.६३ अंकले बढेर १,९६६ को विन्दुमा पुगेर बन्द भएको छ । 

आज ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।

आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर  किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

बजार बढ्दा धेरै घटबढ भएका कम्पनी

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको सेयर  कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोल्टी होटल्सको १४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४६ प्रतिशतका दरले कमाएका छन् । सिटि होटल्सका लगानीकर्ताले ७.९९ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल्सका लगानीकर्ताले ७.४१ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सी होटल्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.४८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको