Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढ्यो नेप्से,

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १५ : २२ मा प्रकाशित

सामान्य अंकले बढ्यो नेप्से,

आज सेयर बजार नेप्से परिसुचक सामान्य अंकले बढेको छ । आज नेप्से  ०.७९ अंकले बढेर २,०१८ को विन्दुमा बन्द भएको हो । 

आज १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनकिो सेयर मूल्य घटेको छ । ४ अर्ब २३ करोड रुपैयाँको सेयर  कारोबार भएको छ । 

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भको छ । आज यस कम्पनीको ४३ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ११ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पिपुल्स पावर कम्पनीको ७ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र सृजनशिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले पनि ९ प्रतिशतका दरले कमाएको छन् ।

आज सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको