Like us!
Follow us!
Connect us!
Watch us!

८.२६ अकंले बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब १५ करोड

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १५ : ४९ मा प्रकाशित

८.२६ अकंले बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब १५ करोड

साताको पहिलो कारोबारको दिन झिनो सुधारले निरन्तरता पाएको छ । गत साताको अन्तिम कारोबारको दिन सामान्य अकंले बढेको बजार आज पनि सोहि आसपासमा बन्द भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२६ अकंले बढेर १९७४.५० बिन्दुमा बन्द भएको छ । 

आज ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस बैंकको १० करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७.५२ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड अजोड इन्स्योरेन्सका लगानीकर्ताले ५.६९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीको लगानीकर्ताले ५.४४ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको