Like us!
Follow us!
Connect us!
Watch us!

दुई हजार विन्दुको प्रतिरोध परीक्षण गर्दै नेप्से परिसूचक, लामो समयपछि बैंकिङ समूहमा रौनक छायो

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १६ : ३५ मा प्रकाशित

दुई हजार विन्दुको प्रतिरोध परीक्षण गर्दै नेप्से परिसूचक, लामो समयपछि बैंकिङ समूहमा रौनक छायो

हिजोको वृद्धिलाई निरन्तरता दिँदै आज सेयरबजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । बैंकिङ समूहमा वृद्धि आउँदा आज बजारले दुई हजारको मनोवैज्ञानिक विन्दुलाई दुई पटक ब्रेक गर्ने प्रयास गरे पनि पुन: फर्केको थियो ।

आइतबार ८.२७ अङ्कले बढेको सेयरबजार आज थप २४.३९ अङ्कले बढेर १९९८.८९ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार एक सय ६८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त, नारायणी विकास बैंक, सृजनशील लघुवित्त मान्डु हाइड्रो र हिमालय उर्जा हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा सिवाईसी लघुवित्त र आरम्भ चौतारी लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.२१ प्रतिशतले बढ्दा लगानी समूहको समूहको उपसूचक २.०१ प्रतिशत बढ्यो । यसैगरी आज होटल तथा उत्पादन समूहको उपसूचक सर्वाधिक ०.४४ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक ०.३ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको