Like us!
Follow us!
Connect us!
Watch us!

खर्च बढ्नुको असर सिईडिबि हाइड्रोपावरको रिपोर्टमा,इपिएस १३.१२ रुपैंयामा सिमित

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ०९ : ०२ मा प्रकाशित

खर्च बढ्नुको असर सिईडिबि हाइड्रोपावरको रिपोर्टमा,इपिएस १३.१२ रुपैंयामा सिमित

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा घट्यो 

चालु आर्थिक वर्षको चैत मसान्त सम्म कम्पनीले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको यो नाफा ९ करोड ४५ लाख रुपैयाँ रहेको थियो। गत आर्थिक वर्षको तुलनामा नाफा १२.६९ प्रतिशतले घटेको हो। 

सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी घट्यो
यस कम्पनीको यस आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी घटेको छ। गत वर्ष यस मार्फत १२ करोड ६६ लाख कमाएको कम्पनीले यस आर्थिक वर्षको पहिलो नै महिनामा केवल १० करोड ७७ लाख कमाएको छ। अर्थात यो कमाई १४.९७ प्रतिशतले घटेको छ। 

बढ्यो खर्च 

कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा ८.४३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा १ करोड ३३ लाख रहेको खर्च यस वर्ष १ करोड ४४ लाख पुगेको छ। तेस्तै कम्पनीको कुल खर्च पनि ७.४९ प्रतिशत बढेको छ।

नाफा घट्नुको असर प्रति सेयर आम्दानीमा 

कम्पनीको नाफा घटनाको असर कम्पनीको प्रति सेयर आम्दानीमा देखिएको छ।  कम्पनीको इपिएस १ रुपैयाँ ९१ पैसा घटेर १३ रुपैयाँ १२ पैसामा सीमित भएको छ। 

प्रति सेयर नेटवर्थ
१६९ रुपैयाँ ७ पैसा 

मूल्य आम्दानी अनुपात
६६.५५ गुणा

चुक्ता पूँजी
८३ करोड ९४ लाख रुपैयाँ  

रिटेन्ड अर्निङ्ग
५७ करोड ९८ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको