Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानी घट्दा ग्रीन भेन्चर्सको नाफा २६ करोडमा सीमित

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ०९ : ३१ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानी घट्दा ग्रीन भेन्चर्सको नाफा २६ करोडमा सीमित

ग्रीन भेन्चर्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी घट्दा हाइड्रोको नाफामा पनि गिरावट भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा २६ करोड ४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ६ लाख ८० हजार रुपैयाँ घाटामा रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट १ अर्ब १८ करोड ६८ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष एक अर्ब २१ करोड ९८ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट २७ करोड १० लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ७१ करोड १६ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ७६ करोड ४४ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ७ प्रतिशतले घटेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् १५ करोड १४ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ४५ करोड १२ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ४६ करोड २८ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा २६ करोड ४ लाख ९ हजार रुपैयाँ रहेको छ ।

प्रति सेयर नेटवर्थ

११५.३१ रुपैयाँ

इपिएस

८.३३ रुपैयाँ

पिई रेसियो

५१.९६ (अन्तिम मूल्य ४३३ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको