Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीको व्यवसायबाट हुने आम्दानीमा उछाल, नाफा पनि बढ्यो

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ११ : १३ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको व्यवसायबाट हुने आम्दानीमा उछाल, नाफा पनि बढ्यो

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको आम्दानी बढेसँगै खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।

खुद नाफा/घाटा 

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड १३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा करिब तीन करोड रुपैयाँ रहेको थियो ।

व्यापारबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले मुख्य व्यापारबाट ३७ करोड ६१ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष १७ करोड ८५ लाख रहेको थियो । यो त्रैमासमा मात्रै कम्पनीले व्यापारबाट १८ करोड १५ लाख रुपैयाँ कमाएको छ ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा २ करोड १२ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

इपिएस

४.०५ रुपैयाँ

पिई रेसियो

२२८.८७ (अन्तिम मूल्य ९२८ रुपैयाँ)

नेटवर्थ

९३.७५ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको